SHAREHUB SHAREHUB

विपद्पछिको पुनर्निर्माणका लागि स्रोत परिचालन गर्न अर्थमन्त्री वाग्लेको एडीबी अध्यक्षसँग आग्रह

Advertisement Ads
विपद्पछिको पुनर्निर्माणका लागि स्रोत परिचालन गर्न अर्थमन्त्री वाग्लेको एडीबी अध्यक्षसँग आग्रह
Advertisement Ads

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीपछिको पुनरुत्थान, जलवायु-उत्थानशील पुनर्निर्माण र नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता अघि बढाउन सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैङ्ककमा रहेका अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्दाबीच बिहीबार भेटवार्ता भएको थियो। भेटमा मन्त्री वाग्लेले विपद्पछिको पुनरुत्थान तथा पुनर्निर्माणका लागि आवश्यक स्रोत परिचालन गर्न बैंकलाई आग्रह गरेका हुन्।

विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग पुर्‍याउन आपतकालीन अनुदान छिटो स्वीकृत गरेको र ऐक्यबद्धता जनाएकोमा अर्थमन्त्री वाग्लेले नेपालका तर्फबाट एडीबीप्रति कृतज्ञता व्यक्त गरेका छन्।

भेटका क्रममा एडीबी अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु बैंकको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

छलफलमा अर्थसचिव डा. घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स