ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र एनएमबी बैंकको प्रस्तावित लाभांश प्राप्त गर्न चाहने लगानीकर्ताले भोलि (मंसिर १० गते) सम्म सेयर खरिद गरी सेयरधनी कायम भइसक्नुपर्नेछ। दुवै कम्पनीले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनार्थ मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्।
ग्लोबल आइएमई लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न संस्थाले मंसिर २३ गते पोखराको लेकसाइडस्थित आईएमई हस्पिटालिटी प्रालिमा बिहान ९ बजे चौधौँ वार्षिक साधारणसभा बोलाएको छ।
त्यस्तै, एनएमबी बैंकले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न बैंकले मंसिर २५ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ।

प्रतिकृया