आजदेखि काठमाडौंका यी क्षेत्रमा १२ दिनसम्म बिजुली काटिने, कुन दिन कहाँ ?

Advertisement Ads
आजदेखि काठमाडौंका यी क्षेत्रमा १२ दिनसम्म बिजुली काटिने, कुन दिन कहाँ ?
Advertisement Ads

वितरण लाइन भूमिगत गर्ने कामका लागि काठमाडौंका विभिन्न क्षेत्रमा आज मंसिर ३ गतेदेखि १४ गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती गर्न लागेको हो।

प्राधिकरणले सार्वजनिक गरेको कार्यतालिकाअनुसार कुन दिन कुन क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुन्छ भन्ने विवरण यस्तो छ।

1. मंसिर ३, ६ र ८ गते: बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

2. मंसिर ४, १० र १४ गते: धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनी–शिफल ग्राउन्ड तथा शिफल ग्राउन्ड–कालोपुल क्षेत्रमा विद्युत् कटौती हुनेछ।

Advertisement Ads

3. मंसिर ५ गते: कालिमाटी र बाफल फिडरअन्तर्गत स्युचाटार पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

4. मंसिर ७ गते: कोटेश्वर/इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ९ए क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

5. मंसिर ९ गते: कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर २६ए र ४ क्षेत्रमा विद्युत् कटौती हुनेछ।

6. मंसिर ११ गते: बलम्बु/थानकोट फिडरअन्तर्गत सतुङ्गल–डुङ्गे अड्डा क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

7. मंसिर १२ गते: कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर ८ए र ८ क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

8. मंसिर १३ गते: थानकोट फिडरअन्तर्गत बलम्बु–सगरमाथा स्याटेलाइट स्टेसन क्षेत्रमा विद्युत् कटौती हुनेछ।

प्राधिकरणले भूमिगत लाइन विस्तार तथा व्यवस्थापनको काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागेको जनाएको छ।

यद्यपि, मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका रद्द हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ। विद्युत् कटौतीका कारण उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

6afe62db8f06b https://bajarkochirfar.com/starting-today-electricity-will-be-cut-off-in-these-areas-of-kathmandu-for-12-days-on-which-days-and-where | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स