सम्पदा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

Advertisement Ads
सम्पदा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
Advertisement Ads

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८२/०८३ सम्मको वितरणयोग्य मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

कम्पनीको मंसिर २ गते बुधबार बेलुकी ४ बजे बसेको सञ्चालक समितिको ५२औं बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको २०८३ असार मसान्तसम्म कायम चुक्ता पुँजी ७० करोड ८ लाख ५८ हजार ३४५ रुपैयाँको आधारमा बोनस सेयर र नगद लाभांश वितरण गरिनेछ।

प्रस्तावअनुसार कम्पनीले २ करोड ८० लाख ३४ हजार ३३३ रुपैयाँ ८० पैसा बराबरको बोनस सेयर वितरण गर्नेछ। त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १४ लाख ७५ हजार ४९१ रुपैयाँ २५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

यसरी कम्पनीले कुल २ करोड ९५ लाख ९ हजार ८२५ रुपैयाँ ५ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Advertisement Ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स