‘सिटिजन्स सुपर ५०’मा आजदेखि आवेदन खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Advertisement Ads
‘सिटिजन्स सुपर ५०’मा आजदेखि आवेदन खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Advertisement Ads

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘सिटिजन्स सुपर ५०’ को इकाई बिक्री आजदेखि खुला भएको छ। योजनामार्फत सर्वसाधारणबाट ८५ करोड रुपैयाँ बराबरको लगानी संकलन गरिने भएको छ।

योजनाले प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई निष्काशन गरेको छ। कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। यसअनुसार इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार रुपैयाँ लगानीबाटै योजनामा सहभागी हुन सक्नेछन्।

यस योजनामा इकाई खरिदका लागि मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा बिक्री अवधि मंसिर १६ गतेसम्म थपिनेछ।

‘सिटिजन्स सुपर ५०’ को योजना व्यवस्थापक तथा डिपोजिटरीको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले सम्हाल्नेछ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स