सर्वोत्तम सिमेन्टले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?

Advertisement Ads
सर्वोत्तम सिमेन्टले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?
Advertisement Ads

सर्वोत्तम सिमेन्ट लिमिटेडले सेयरधनीलाई कुल २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावसहित आठौँ वार्षिक साधारणसभा बोलाएको हो।

कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको २४३औँ बैठकले आगामी पुस २ गते साधारणसभा गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरिङमा बिहान १० बजे सुरु हुनेछ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँको १५ प्रतिशतका दरले ७८ करोड ३६ लाख ४१ हजार २५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त रकममा लाभांश करसमेत समावेश छ।

त्यस्तै, चुक्ता पुँजीको ६ प्रतिशतका दरले ३१ करोड ३४ लाख ५६ हजार ५०० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। बोनस सेयर वितरणपछि कायम हुने खण्डित सेयरलाई पछि समायोजन गर्ने गरी हाल यथावत् राख्ने प्रस्ताव गरिएको छ।

दुवै लाभांश प्रस्ताव साधारणसभाबाट पारित भएमा सेयरधनीले कुल २१ प्रतिशत लाभांश पाउनेछन्।

Advertisement Ads

अधिकृत पुँजी ६ अर्ब पुर्‍याउने प्रस्ताव

कम्पनीले आफ्नो अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब रुपैयाँ पुर्‍याउने विशेष प्रस्ताव पनि साधारणसभामा पेस गर्ने भएको छ।

बोनस सेयर वितरणपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजीमा पर्ने प्रभावअनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

त्यस्तै, कम्पनीको नियमावलीको नियम २७ (२) संशोधन गरी सञ्चालक समितिमा पाँच जना सञ्चालक कायम गर्ने प्रस्ताव गरिएको छ। सञ्चालकलाई उपलब्ध गराइँदै आएको मासिक पत्रपत्रिका तथा सञ्चार भत्ता, बैठक भत्ता र उपसमिति बैठक भत्तामा फेरबदल गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा छ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने तथा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेस हुनेछ।

यसैगरी, कम्पनीका आधारभूत सेयरधनी वा सञ्चालक सम्बद्ध संस्था तथा कम्पनीसँग भएका कारोबार विवरण अनुमोदन गर्ने र कम्पनी ऐन, २०६३ को दफा १०५ बमोजिमको कारोबार विवरणमाथि छलफल तथा अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ।

मंसिर १८ गते बुक क्लोज

कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर १८ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। त्यसअनुसार मंसिर १७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई सेयर आफ्नो नाममा कायम भएका सेयरधनीले साधारणसभामा भाग लिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स