रिज लाइन इनर्जीले पठायो नगद लाभांश सेयरधनीको खातामा, नपाएकाले के गर्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक ३० गते
Advertisement Ads
रिज लाइन इनर्जीले पठायो नगद लाभांश सेयरधनीको खातामा, नपाएकाले के गर्ने ?
Advertisement Ads

रिज लाइन इनर्जी लिमिटेडले आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको छ।

कम्पनीको कात्तिक १७ गते सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। करसहितको १०.५३ प्रतिशत लाभांशमध्ये १० प्रतिशतका दरले हुन आउने रकम कात्तिक २० गतेदेखि सेयरधनीको बैंक खातामा आईपीएसमार्फत जम्मा गर्न थालिएको कम्पनीले जनाएको छ।

तर, हालसम्म पनि बैंक खातामा लाभांश प्राप्त नभएका सेयरधनीले आफ्नो हितग्राही खाता (डिम्याट) मा बैंक खाता नम्बर अद्यावधिक भए/नभएको जाँच गर्नुपर्नेछ। हितग्राही खाता नखोलेका सेयरधनीले खाता खोली आवश्यक विवरण अद्यावधिक गर्नुपर्ने कम्पनीले जनाएको छ।

त्यस्तै, बैंक खाता विवरण अद्यावधिक नभएका सेयरधनीले आफ्नो बैंक खाता नम्बर र स्थायी लेखा नम्बर (प्यान) सम्बन्धी विवरणसमेत अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ। आवश्यक विवरण अद्यावधिक गरेपछि लाभांश प्राप्त गर्न सहज हुने कम्पनीले जनाएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स