आज देशभर सार्वजनिक बिदा, नेप्से पनि बन्द रहने

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक ३० गते
Advertisement Ads
आज देशभर सार्वजनिक बिदा, नेप्से पनि बन्द रहने
Advertisement Ads

छठ पर्वको अवसरमा सरकारले आज कात्तिक ३० गते सोमबार देशभर सार्वजनिक बिदा दिएको छ। छठ पर्वको समापनका अवसरमा सरकारले आज थप एक दिन सार्वजनिक बिदा दिएको हो।

सार्वजनिक बिदाका कारण आज सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द रहनेछन्। यससँगै आज सेयर बजारमा कारोबार हुने छैन।

गृह मन्त्रालयले कात्तिक २७ गते सूचना जारी गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। यसअघि कात्तिक २९ गते आइतबार छठ पर्वको मुख्य दिनका अवसरमा पनि सार्वजनिक बिदा दिइएको थियो।

छठ पर्वको अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने धार्मिक परम्परा छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स