मंसिर १० गतेदेखि आईपीओ निष्काशन गर्दै कान्तिपुर फर्मास्यूटिकल्स, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक ३० गते
Advertisement Ads
मंसिर १० गतेदेखि आईपीओ निष्काशन गर्दै कान्तिपुर फर्मास्यूटिकल्स, क-कसले भर्न पाउने ?
Advertisement Ads

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले ८० लाख रुपैयाँबराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गर्नेछ। यो सेयर काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन्।

त्यस्तै, ९० लाख रुपैयाँबराबरको ९० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन हुनेछ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएको हुनुपर्नेछ।

स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्ताको आवेदन सीमा तोकिएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन अवधि मंसिर २४ गतेसम्म थप हुनेछ।

Advertisement Ads

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फारामबापत स्थानीय बासिन्दाले २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स