प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको ठूलो परिमाणको सेयर सर्वसाधारण समूहमा रूपान्तरण भएको छ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४४ लाख ९३ हजार ८३३.३४ कित्ता संस्थापक सेयर सर्वसाधारण समूहमा रूपान्तरण गरिएको हो। यससँगै कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ७६.२० प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा २३.८० प्रतिशत कायम भएको छ।

त्यस्तै, महुली लघुवित्त वित्तीय संस्थाको २ लाख २१ हजार ५०१.५९ कित्ता संस्थापक सेयर पनि सर्वसाधारण समूहमा रूपान्तरण भएको छ। सेयर रूपान्तरणपछि कम्पनीमा संस्थापक समूहको हिस्सा ६४.२८ प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ३५.७२ प्रतिशत पुगेको छ।


प्रतिकृया