बजारको चिरफार Morning Walk: चार कम्पनीद्वारा लाभांश घोषणा, सेयर बजारमा आज के–के हुँदैछ ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १६ गते
Advertisement Ads
बजारको चिरफार Morning Walk: चार कम्पनीद्वारा लाभांश घोषणा, सेयर बजारमा आज के–के हुँदैछ ?
Advertisement Ads

आजका लागि पुँजी बजारका महत्वपूर्ण अपडेटसहित बजारको चिरफार Morning Walk मा स्वागत छ।

अहिलेसम्म बजारमा के भयो, कुन कम्पनीले के निर्णय गर्यो र आज लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के छन्? छोटकरीमा हेरौँ।

Advertisement Ads



मकर जितुमाया सुरी हाइड्रोपावरको लाभांश घोषणा, कति दिँदैछ ?

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।



आरएसडिसी लघुवित्तले लाभांश घोषणा गर्यो

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।



हिमालयन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

संस्थाको कात्तिक १३ गते शुक्रबार साँझ बसेको सञ्चालक समितिको २६२औँ बैठकले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।



युनिलिभर नेपालले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?

युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको असोज १४ गते शुक्रबार बसेको १९७औँ सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।



गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, केके छन् प्रस्तावहरु ?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर ३ गते विशेष साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर १५ गते बसेको ६८औँ सञ्चालक समितिको बैठकले विराटनगरस्थित होटल एयरपोर्टमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो।



हिम पर्वत हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

हिम पर्वत हाइड्रोपावर लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले कात्तिक ११ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको छ। यसको कुल मूल्य ४ करोड २२ लाख ५० हजार रुपैयाँ रहेको छ।


आज बिहानका लागि पुँजी बजारका महत्वपूर्ण अपडेट यति नै।

दिनभर बजारमा भएका महत्वपूर्ण गतिविधिसहित साँझ फेरि बजारको चिरफार Evening Walk मा भेट्नेछौँ। धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
1 Comment
Oldest
Newest Most Voted
Sabitri Nepal
Sabitri Nepal
21 minutes ago

Good news
Thank u

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स