आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
संस्थाको कात्तिक १५ गते आइतबार बसेको सञ्चालक समितिको १९१औँ बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको ९.४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश रकम ९ करोड ७२ लाख २ हजार ५५ रुपैयाँ २० पैसा रहेको छ। उक्त रकममा करसमेत समावेश छ।
संस्थाले प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई संस्थाको १३औँ वार्षिक साधारणसभाबाट पारित भएपछि प्रचलित कानुनी प्रक्रिया पूरा गरी लाभांश वितरण गरिनेछ।


प्रतिकृया