instainsta

खुम्चियो आरएसडिसीको व्यवसाय: खुद ब्याज आम्दानी १३ प्रतिशतले घट्दा लाभांश क्षमता कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ७ गते
खुम्चियो आरएसडिसीको व्यवसाय: खुद ब्याज आम्दानी १३ प्रतिशतले घट्दा लाभांश क्षमता कति ?
AdvertisementAds

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा ६.०७ प्रतिशतले घटेर ६ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इम्पेयरमेन्ट चार्ज घटेपनि खुद ब्याज आम्दानी तथा सञ्चालन आम्दानीमा आएको गिरावटका कारण नाफा घटेको हो।

तेस्रो त्रैमाससम्ममा आरएसडिसी लघुवित्तको खुद ब्याज आम्दानी १३.६५ प्रतिशतले घटेर १४ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ भने कुल सञ्चालन आम्दानी १२.८० प्रतिशतले घटेर १५ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ। यता, इम्पेयरमेन्ट चार्ज ३ करोड ५० लाखबाट घटेर २ करोड १६ लाख रुपैयाँमा सिमित भएको छ।

लघुवित्तको खराब कर्जा अनुपात ०.३३ प्रतिशतबिन्दुले बढेर ३.४६ प्रतिशत पुगेको छ।

लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ५ करोड ६७ लाख रुपैयाँ रहेको छ । यस्तै, लाभांश क्षमता ७.२३ प्रतिशत छ।

लघुवित्तको रिटेन्ड अर्निङ ८ करोड ३४ लाख रुपैयाँबाट घटेर ५ करोड ६७ लाख रुपैयाँमा आएको छ।यस्तै, रिजर्भको आकार भने १८ करोड ३१ लाख रुपैयाँबाट बढेर १९ करोड २१ लाख रुपैयाँ पुगेको छ।

लघुवित्तको प्रतिसेयर आम्दानी ०.५५ रुपैयाँले घटेर ८.४६ रुपैयाँमा आएको छ भने प्रतिसेयर नेटवर्थ १२४.०७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५७८.०६ रुपैयाँ रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स