स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

Advertisement Ads
स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?
Advertisement Ads

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। मंसिर ४ गते बसेको संस्थाको सञ्चालक समितिको ५००औँ बैठकले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

संस्थाले २०८३ असार मसान्तसम्म कायम १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा उक्त लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमध्ये ४.७५ प्रतिशत बोनस सेयर वितरणका लागि ८ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरका ८ लाख ३१ हजार २५० कित्ता सेयर जारी गरिनेछ।

यस्तै, बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशत अर्थात् ४३ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

संस्थाले प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभामा लाभांश वितरणसम्बन्धी प्रस्ताव पेस गरिनेछ।

Advertisement Ads

साधारण सभाका लागि सेयरधनी दर्ता किताब बन्द हुने समयमा कायम सेयरधनीले मात्र सभाबाट पारित हुने लाभांश प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स