अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ बोनस र नगद ?

Advertisement Ads
अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ बोनस र नगद ?
Advertisement Ads

अपि पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर ७ गते, सोमबार) अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि (मंसिर ८ गते) बुकक्लोज गर्ने निर्णय गरेको छ।

त्यसैले आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले कम्पनीको २३औँ वार्षिक साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले मंसिर १८ गते, शुक्रबार, काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे साधारण सभा बोलाएको छ।

सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

यसैगरी, सभाले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव रद्द गर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्ने र सञ्चालक समितिमा रिक्त पदमा गरिएको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

Advertisement Ads

सभाले लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरूमाथि समेत छलफल गरी निर्णय गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स