अपि पावरको लाभांश घोषणा, बोनस र नगद कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १९ गते
Advertisement Ads
अपि पावरको लाभांश घोषणा, बोनस र नगद कति ?
Advertisement Ads

अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको हालको चुक्ता पुँजी ६ अर्ब ३७ करोड ९७ लाख २४ हजार १९९ रुपैयाँ रहेको छ। प्रस्तावअनुसार ३१ करोड ८९ लाख ८६ हजार २०९ रुपैयाँ ९५ पैसा बराबरको बोनस सेयर वितरण हुनेछ।

त्यस्तै, कर प्रयोजनका लागि १ करोड ६७ लाख ८८ हजार ७४७ रुपैयाँ ८९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।

Advertisement Ads

Screenshot 5 11 2026 103548 www.nepalstock.com https://bajarkochirfar.com/how-much-is-api-powers-dividend-announcement-bonus-and-cash | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स