घलेम्दी हाइड्रोको ५ मेगावाट क्षमताको आयोजना पुनः सञ्चालनमा आयो

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १८ गते
Advertisement Ads
घलेम्दी हाइड्रोको ५ मेगावाट क्षमताको आयोजना पुनः सञ्चालनमा आयो
Advertisement Ads

घलेम्दी हाइड्रो लिमिटेडले सञ्चालन गरिरहेको ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ। कालीगण्डकी नदीमा आएको बाढीले प्रसारण लाइनका टावरमा क्षति पुर्‍याएपछि बन्द भएको आयोजना असोज ३१ गते रातिदेखि पुनः सञ्चालनमा आएको हो।

कम्पनीका अनुसार गत असोज ११ गते आएको भीषण बाढीका कारण नेपाल विद्युत् प्राधिकरणको दाना–कुश्मा २२० केभी प्रसारण लाइनका टावरमा क्षति पुगेको थियो। त्यसपछि विद्युत् उत्पादन तथा प्रसारण बन्द भएको आयोजनाको क्षतिग्रस्त टावर मर्मत र सम्भार सम्पन्न भएपछि पुनः सञ्चालन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स