एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड’ (NICEF) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। उक्त म्युचुअल फण्डका इकाईको कारोबार भोलि कात्तिक १९ गतेदेखि सुरु हुने भएको छ।
नेप्से र एनआईसी एशिया क्यापिटलबीच कात्तिक १८ गते फण्डका इकाई सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य रहेको यस फण्डका कुल १ करोड इकाई नेप्सेमा सूचीकृत भएका छन्।
एनआईसी एशिया सामूहिक लगानी कोषअन्तर्गत रहेको उक्त फण्डका इकाई सर्वसाधारणलाई बिक्री गरी बाँडफाँड गरिएको थियो। नेप्सेले कात्तिक १६ गतेको निर्णयअनुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम इकाई सूचीकृत गरेको जनाएको छ।

प्रतिकृया