एनआईसी एसिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई मंगलबार (कात्तिक १७) गते हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको हो।
बोर्डबाट प्राप्त स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गर्न पाउने भएको छ। यो अनुपात १:०.५० को हुनेछ, अर्थात् एक कित्ता सेयर भएका सेयरधनीले ०.५० कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
यसअनुसार बैंकले कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ हुनेछ।
उक्त हकप्रद सेयर निष्काशनको बिक्री प्रबन्धकको रूपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहनेछ।


प्रतिकृया