युनिलिभर नेपालले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १६ गते
Advertisement Ads
युनिलिभर नेपालले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?
Advertisement Ads

युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको असोज १४ गते शुक्रबार बसेको १९७औँ सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गरिएको वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै वितरणयोग्य नाफाबाट लाभांश दिने प्रस्ताव गरेको जनाएको छ।

कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि मंसिर ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ। यसअनुसार मंसिर ८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले प्रस्तावित लाभांश स्वीकृतिका लागि आगामी साधारणसभामा पेस गर्नेछ।

Screenshot 2 11 2026 9952 www.nepalstock.com https://bajarkochirfar.com/unilever-nepal-announces-dividend-when-will-the-book-close | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स