युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक ९ गते
युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कात्तिक ९ गते) अन्तिम दिन हो। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ११ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ।

भोलि कात्तिक १० गते छठ पर्वको सार्वजनिक बिदा हुने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीको ३२औं वार्षिक साधारण सभा कात्तिक २५ गते, मंगलबार, द एभरेस्ट होटल, नयाँ बानेश्वर, काठमाडौं मा दिउँसो साढे ४ बजे सुरु हुनेछ।

सभाले प्रतिकित्ता १,८४२ रुपैयाँ दरको नगद लाभांश वितरण, नयाँ लेखापरीक्षक नियुक्ति, सामाजिक तथा सामुदायिक परियोजनामा आर्थिक सहयोगजस्ता प्रस्ताव पारित गर्नेछ। साथै, संस्थापक सेयरधनीको नाम सिबक्रिम होल्डिङ्स प्रा. लि. बाट आईजे ग्रुप होल्डिङ्स प्रा. लि. मा परिवर्तन भएकोले, सो अनुसार कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स