युनिलिभर नेपाल लिमिटेडको ३२औं वार्षिक साधारण सभा कात्तिक २५ गते बस्दैछ। सभा मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा दिउँसो ४:३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्न लागिएको १८४२ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने पारित गर्नछ।
सभामा लेखापरीक्षक नियुक्त गर्नु, साथै सामाजिक तथा सामुदायिक परियोजनामा हुने आर्थिक सहयोगलाई अनुमोदन गर्ने प्रस्तावहरू रहेका छन्।त्यसैगरी, संस्थापक सेयरधनीको नाम सिबक्रिम होल्डिङ्स प्रालि बाट आईजे ग्रुप होल्डिङ्स प्रालि मा परिवर्तन भएकाले सोअनुसार कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक ११ गते बुकक्लोज गरिसकेको छ। जसअनुसार, कात्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र उक्त सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।















प्रतिकृया