insta insta

मुक्तिनाथ क्यापिटलले असोज १ गतेदेखि १० करोड इकाईको ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्काशन गर्दै

मुक्तिनाथ क्यापिटलले असोज १ गतेदेखि १० करोड इकाईको ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्काशन गर्दै
Advertisement Ads

मुक्तिनाथ विकास बैंक प्रवद्र्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडले १० वर्षे बन्दमुखी म्युचुअल फण्ड योजना ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्काशन गर्ने भएको छ। क्यापिटलले योजनाको इकाई सर्वसाधारणमा निष्काशन गर्न प्रक्रिया अघि बढाएको हो।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई निष्काशन गर्न लागेको छ। कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई योजना प्रवद्र्धक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्काशन गरिनेछ।

योजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ। यसअनुसार १ हजार रुपैयाँ लगानीबाटै म्युचुअल फण्डको इकाई खरिदका लागि आवेदन दिन सकिनेछ। अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ।

मुक्तिनाथ क्यापिटलका अनुसार इकाई निष्काशन असोज १ गतेदेखि खुला हुनेछ। निष्काशन छिटोमा असोज ६ गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेमा ढिलोमा असोज १५ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’मार्फत योजनाको इकाईका लागि आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स