SHAREHUB SHAREHUB

त्रिशूलीको आकस्मिक बाढीले माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको प्रसारण लाइनमा क्षति, विद्युतगृह बन्द

Advertisement Ads
त्रिशूलीको आकस्मिक बाढीले माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको प्रसारण लाइनमा क्षति, विद्युतगृह बन्द
Advertisement Ads

त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको विद्युत् उत्पादन अवरुद्ध भएको छ। बाढीले आयोजनाको प्रसारण लाइन तथा इन्टरकनेक्सन वेमा क्षति पुर्‍याएपछि १४.३ मेगावाट क्षमताको विद्युतगृह बन्द भएको हो।

कम्पनीका अनुसार २०८३/०५/१० गते बिहान करिब ९:३० बजे त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण प्रसारण लाइन तथा इन्टरकनेक्सन वेमा क्षति पुगेको हो।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने, परीक्षण तथा मूल्याङ्कन गर्ने प्रक्रिया भइरहेको कम्पनीले जनाएको छ।

परिस्थिति सामान्य भएपछि प्रसारण लाइन तथा इन्टरकनेक्सन वेमा भएको क्षतिको विस्तृत विवरण तयार गरी परीक्षण तथा मूल्याङ्कन गरिने कम्पनीले जनाएको छ। त्यसपछि मर्मतसम्भारको काम तत्काल सुरु गरी आयोजना पुनः सञ्चालनमा ल्याउने कम्पनीको योजना छ।

Screenshot 31 8 2026 173848 www.nepalstock.com https://bajarkochirfar.com/flash-floods-in-trishuli-damage-transmission-lines-of-upper-mailung-khola-hydropower-project-power-plant-shuts-down | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स