माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा बढेर १ करोड ९० लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड १७ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २४ करोड ५६ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च १३ करोड १७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ९ करोड ६५ लाख रहेको छ।
१ अर्ब चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको रिटेन्ड अर्निङ ९ करोड ९ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ २ पैसा छ।
अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया