माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको ८४ लाख ९० हजार ८०० कित्ता सेयरको लकइन अवधि कात्तिक २ गतेदेखि समाप्त हुने भएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा दर्ता रहेको कुल १ करोड कित्ता सेयरमध्ये संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीको स्वामित्वमा रहेको सेयरको लकइन अवधि सकिन लागेको जानकारी दिएको हो।
कम्पनीका अनुसार लकइनमा रहेका कुल ८४ लाख ९० हजार ८०० कित्ता सेयरमध्ये १४ लाख ९० हजार ८०० कित्ता संस्थापक सेयरधनीको र बाँकी ७० लाख कित्ता आयोजना प्रभावित स्थानीय तथा कर्मचारीलाई बाँडफाँड गरिएको सेयर रहेको छ।
यी शेयरको लकइन अवधि २०८३ कात्तिक २ गते समाप्त हुनेछ।
तर, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने प्रचलित नियमअनुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ।


प्रतिकृया