दसैँमा रिलिज भएका चलचित्र ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ–२’को अहिलेसम्मको कमाई कति?

Advertisement Ads
दसैँमा रिलिज भएका चलचित्र ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ–२’को अहिलेसम्मको कमाई कति?
Advertisement Ads

नेपाली चलचित्रको गत सातासम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कात्तिक ८ गते आइतबारसम्मको विवरणअनुसार प्रदर्शनरत ६ चलचित्रमध्ये ‘गौथली’ले सबैभन्दा बढी कमाइ गरेको छ।

साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौथली’ले हालसम्म २६ करोड ३ लाख १४ हजार रुपैयाँ कमाएको छ। चलचित्रका ९ लाख ४४ हजार ८१७ टिकट बिक्री भएका छन्।

भदौ २६ गतेदेखि प्रदर्शनमा आएको ‘पेन्सन पट्टा’ले १० करोड २३ लाख ५६ हजार रुपैयाँ कमाएको छ। यस चलचित्रका ३ लाख ६० हजार ५९३ टिकट बिक्री भएका छन्।

असोज ९ गतेदेखि प्रदर्शनमा आएको ‘बा: एक योद्धा’ले ३ करोड ५१ लाख ३९ हजार रुपैयाँ कमाएको छ। चलचित्रका १ लाख २६ हजार १८२ टिकट बिक्री भएका छन्।

त्यस्तै, असोज ३० गतेदेखि प्रदर्शनमा आएको ‘आ बाट आमा–२’ले ४ करोड ११ लाख ४६ हजार रुपैयाँ कमाएको छ। यस चलचित्रका १ लाख ३१ हजार ४९१ टिकट बिक्री भएका छन्।

Advertisement Ads

असोज ३१ गतेदेखि प्रदर्शनमा आएको ‘छ माया छपक्कै २’ले हालसम्म २ करोड ७६ लाख ३९ हजार रुपैयाँ कमाएको छ। चलचित्रका ८२ हजार ७८९ टिकट बिक्री भएका छन्।

यसैगरी, असोज ३० गतेदेखि प्रदर्शनमा आएको ‘१२ गाउँ–२’ले १ करोड ८३ लाख ९४ हजार रुपैयाँ कमाएको छ। यस चलचित्रका ५७ हजार ९८३ टिकट बिक्री भएका छन्।

5c1db9c4 f2ae 4f20 8a8e 233366d4676f https://bajarkochirfar.com/how-much-have-the-films-chha-maya-chhapakkai-2-and-12-villages-2-which-were-released-during-dashain-earned-so-far | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स