१० दिनमै नेपाली फिल्म ‘गौंथली’को कमाई ७ करोडभन्दा बढी, अन्य फिल्मको कति ?

१० दिनमै नेपाली फिल्म ‘गौंथली’को कमाई ७ करोडभन्दा बढी, अन्य फिल्मको कति ?

निर्देशक कपिल रिजालको फिल्म ‘गौंथली’ ले प्रदर्शनको पहिलो १० दिनमै बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ। चलचित्र विकास बोर्डका अनुसार फिल्मले दोस्रो आइतबारसम्म ७ करोड ४२ लाख ७३ हजार ८५९ रुपैयाँ ग्रस कमाइ गरेको छ।

सो अवधिमा फिल्मका २ लाख ६० हजार २५४ वटा टिकट बिक्री भएका छन्।

फिल्म साउन १ गते प्रदर्शनमा आएको थियो। यसमा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेका छन् भने सुमन गिरी र कपिल रिजाल निर्माता हुन्।

यसैबीच, चलचित्र विकास बोर्डले अन्य दुई नेपाली फिल्मको बक्स अफिस विवरण पनि सार्वजनिक गरेको छ। विवरणअनुसार ‘रोल नं. १’ ले हालसम्म १ करोड ७८ लाख ५१ हजार ६९८ रुपैयाँ ग्रस कमाइ गरेको छ भने ‘भागदौड’ को ग्रस कमाइ १ लाख १९५ रुपैयाँ पुगेको छ।

SAUN 10 1 scaled https://bajarkochirfar.com/nepali-film-gauthali-earns-over-rs-70-million-in-10-days-how-much-for-other-films | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स