५ करोडमाथिको व्यापार गर्दै ‘लालीबजार’को अग्रता, अन्य फिल्मको कमाई कति ?

५ करोडमाथिको व्यापार गर्दै ‘लालीबजार’को अग्रता, अन्य फिल्मको कमाई कति ?

चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिसले हाल प्रदर्शनरत नेपाली चलचित्रहरूको व्यावसायिक कारोबार विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार जेठ ९ गते मध्यरातसम्मको टिकट बिक्री र आम्दानीका आधारमा विभिन्न चलचित्रहरूको र्याङ्किङ सार्वजनिक गरिएको हो।

बैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यम थापाद्वारा निर्देशित चलचित्र ‘लालीबजार’ ले हालसम्म सबैभन्दा बढी आम्दानी गरेको छ। चलचित्रले १ लाख ९६ हजार ४०६ टिकट बिक्री गर्दै ५ करोड ७६ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ। यसले सूचीमा अन्य चलचित्रहरूलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको छ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको चलचित्र ‘परालको आगो’ दोस्रो स्थानमा रहेको छ। बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले १ लाख ५३ हजार ९२५ टिकट बिक्री गर्दै ४ करोड २७ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको छ।

प्रकु पाण्डेद्वारा निर्देशित चलचित्र ‘मालती मंगले’ ले १६ हजार १३७ टिकट बिक्री गर्दै ५१ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको छ। यो चलचित्र बैशाख २५ गतेदेखि प्रदर्शनमा आएको हो।

प्रेम सोनी सुनारको निर्देशनमा बनेको चलचित्र ‘गुरुआमा’ ले हालसम्म ९ हजार ३२७ टिकट बिक्री गर्दै २९ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको छ।

निमेष श्रेष्ठद्वारा निर्देशित चलचित्र ‘लाइफ ड्यामेज’ ले ९ हजार २४१ टिकट बिक्री गरी २८ लाख ४६ हजार रुपैयाँ कमाएको छ। यो चलचित्र जेठ १ गतेदेखि प्रदर्शनमा आएको हो।

साहारा शर्माको निर्देशनमा बनेको चलचित्र ‘एक मुठ्ठी बादल’ ले हालसम्म १ हजार ५०१ टिकट बिक्री गर्दै ५ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ, जसले सूचीमा सबैभन्दा कम कारोबार गरेको देखिएको छ।

Boxoffice 2 scaled https://bajarkochirfar.com/lalibazar-leads-with-excellent-business-of-over-50-million | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स