हिम पर्वत हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

Advertisement Ads
हिम पर्वत हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
Advertisement Ads

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (मंसिर १ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आज बैंकिङ समयपछि आवेदन लिने प्रक्रिया बन्द गर्ने भएको छ।

कम्पनीले गत कात्तिक ११ गतेदेखि स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो। निष्काशन अवधिमै मागभन्दा बढी सेयरका लागि आवेदन प्राप्त भएकाले तोकिएको समयमै बिक्री बन्द गर्न लागिएको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको छ। त्यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ९० हजार कित्ता सेयर छुट्याइएको छ।

स्थानीय बासिन्दाका लागि छुट्याइएको कुल सेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख १४ हजार कित्ता आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। यसमा दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिका वडा नम्बर २, ३ र ४ का स्थायी बासिन्दाले आवेदन दिन सक्नेछन्।

त्यस्तै, बाँकी ४० प्रतिशत अर्थात् ६ लाख ७६ हजार कित्ता सेयर यी दुई गाउँपालिकाका उल्लिखित वडाबाहेक अन्य वडाका स्थायी बासिन्दाका लागि छुट्याइएको छ।

Advertisement Ads

यस आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिनुपर्नेछ।

कहाँबाट दिने आवेदन ?

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले निम्न बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवेदन दिन सक्नेछन्।

नेपाल इन्भेष्टमेन्ट बैंक

सिन्धु विकास बैंक

प्रभु बैंकको सिंगटी शाखा

लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर

सिटिजन्स बैंकको चरिकोट शाखा

आवेदन फाराम प्राप्त गर्न स्थानीय बासिन्दाले २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

यस आईपीओको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस (ICRANP Issuer Rating BB+) प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स