प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी हेरफेर, कसलाई कहाँको जिम्मेवारी ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक ३० गते
Advertisement Ads
प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी हेरफेर, कसलाई कहाँको जिम्मेवारी ?
Advertisement Ads

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयका सदस्यहरूको कार्यसम्पादन समीक्षा गर्दै जिम्मेवारी हेरफेर गरेका छन्। नयाँ व्यवस्थाअनुसार पाँच जनालाई सहसचिवसरहको सेवा सुविधा पाउने गरी संयोजक र पाँच जनालाई उपसचिवसरहको सेवा सुविधा पाउने गरी उपसंयोजकको जिम्मेवारी दिइएको छ।

यसअघि प्रधानमन्त्रीको सचिवालयमा संयोजक र उपसंयोजक तोकिएको थिएन। नयाँ व्यवस्थाअनुसार सचिवालयका सदस्यहरूलाई विभिन्न क्षेत्रको जिम्मेवारी छुट्याइएको हो।

संयोजकको जिम्मेवारी पाउनेमा सन्जिव पाण्डे, सन्तोष गिरी, विशाल अधिकारी, दिपा दाहाल र विश्व राई छन्।

पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक बनाइएको छ। यसअघि उनी विकास परियोजना हेर्ने जिम्मेवारीमा थिए। त्यस्तै, गिरीलाई अन्तरनिकाय समन्वय संयोजक बनाइएको छ। यसअघि उनी कार्यक्रम तथा भ्रमण संयोजक थिए।

विशाल अधिकारीलाई सरकारी मामिला तथा योजना समन्वय संयोजकको जिम्मेवारी दिइएको छ। यसअघि उपसचिवसरहको सचिवालय सदस्य रहेका अधिकारीलाई सहसचिवसरहको सदस्यमा बढुवा गर्दै संयोजक बनाइएको हो।

Advertisement Ads

त्यस्तै, यसअघि प्रेस तथा अनुसन्धान विज्ञ रहेकी दिपा दाहाललाई मिडिया व्यवस्थापन संयोजक बनाइएको छ। नयाँ जिम्मेवारीमा उनलाई अनुसन्धान विज्ञको भूमिका दिइएको छैन। यसपटक सचिवालयमा अनुसन्धान विज्ञ पनि तोकिएको छैन।

विश्व राईलाई सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी दिइएको छ। यसअघि पनि उनले प्रधानमन्त्रीको सचिवालयमा सामाजिक विकाससम्बन्धी विषय हेर्दै आएका थिए।

उपसंयोजकको जिम्मेवारी पाउने पाँच जनामा सुमन गौतम, रविकिरण अधिकारी, प्रकृति ढकाल, विनय शाक्य र दिपकप्रसाद ओली छन्। उनीहरूलाई क्रमशः नागरिक उड्डयन समन्वय, सामाजिक विकास समन्वय, स्वास्थ्य समन्वय, संस्कृति तथा सम्पदा समन्वय र नीति मस्यौदा अध्ययनको जिम्मेवारी दिइएको छ।

यसैबीच, यसअघि सहसचिवसरहको सेवा सुविधा पाउने गरी सूचना प्रविधि विज्ञका रूपमा नियुक्त माधव खनाललाई सचिवालयबाट हटाइएको छ। उनको नाम प्रधानमन्त्रीको सचिवालय सदस्यको सूचीमा छैन।

सल्लाहकार र अन्य सचिवालय सदस्य यथावत्

प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार (बेन), राजनीतिक सल्लाहकार असिम शाह र स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाल यथावत् छन्। मुख्य सल्लाहकार र स्वास्थ्य सल्लाहकार मन्त्रीसरहको जिम्मेवारीमा रहे पनि दुवै अवैतनिक हुन्।

त्यस्तै, राज्यमन्त्रीसरहका सल्लाहकारमा सुदीप ढकाल र विवेक मिश्र कायम छन्। ढकाल नीति, प्रशासन तथा सुशासन सल्लाहकार हुन् भने मिश्र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार हुन्।

प्रमुख स्वकीय सचिवमा सुवास शर्मा र स्वकीय सचिवमा नवीन भण्डारी यथावत् छन्।

सचिवालयमा अधिकृतसरहको पदमा सुरेन्द्र बजगाईं, रोशन तामाङ, बेदानन्द जोशी र हेमनारायण चौधरी कार्यरत छन्। उनीहरू क्रमशः प्रेस सहजकर्ता, ग्राफिक्स डिजाइनर, मिडिया व्यवस्थापन र कृषि क्षेत्र समन्वयको जिम्मेवारीमा छन्।

त्यस्तै, नायब सुब्बासरहको जिम्मेवारीमा अनुप थापामगर, ऋषि थापा, अमृत पाण्डे, राजकुमार गौतम र बेनिस कार्की रहेका छन्।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार प्रधानमन्त्रीले सचिवालयमा ४८ जनासम्म नियुक्त गर्न सक्ने व्यवस्था छ। तर, हाल प्रधानमन्त्री शाहको सचिवालयमा २६ जना मात्र कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स