सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई कुल १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको १३९औँ बैठकले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश रहेको छ। कम्पनीले प्रस्ताव गरेको लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा कम्पनीको १२औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।


प्रतिकृया