सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट कुल २१.११% लाभांश वितरण गर्ने भएको छ।
माघ २० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ५३ करोड ५० लाख रुपैयाँको आधारमा २०% बोनस सेयर र कर प्रयोजनका लागि १.११% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैठकले बोनस सेयर वितरणपछि कायम चुक्ता पूँजीको आधारमा १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ। प्रस्तावित लाभांश र हकप्रद शेयर आगामी वार्षिक साधारण सभाबाट पारित गर्न विद्युत नियमन आयोगको अनुमति लिने निर्णय पनि कम्पनीले गरेको छ।


प्रतिकृया