लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर ११ गते अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले मंसिर २५ गते शुक्रबार काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा २६औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ।
सभामा बैंकको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। उक्त प्रस्ताव पारित भए सेयरधनीले कुल ५.२६ प्रतिशत लाभांश प्राप्त गर्नेछन्।
यसका साथै बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेस गरिनेछन्।

प्रतिकृया