सर्वसाधारणका लागि हिम पर्वत हाइड्रोपावरले कहिलेदेखि निष्काशन गर्दैछ आईपीओ ?

Advertisement Ads
सर्वसाधारणका लागि हिम पर्वत हाइड्रोपावरले कहिलेदेखि निष्काशन गर्दैछ आईपीओ ?
Advertisement Ads

हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेपछि सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३४ लाख ६४ हजार ५०० कित्ता सेयर निष्काशन गर्न लागेको छ। यसअनुसार कम्पनीले ३४ करोड ६४ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने म्याद छिटोमा मंसिर २३ गतेसम्म र ढिलोमा पुस ३ गतेसम्म रहनेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।

Advertisement Ads

त्यसैगरी, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरेर पनि आईपीओमा आवेदन दिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स