Investor Meet Investor Meet

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

Advertisement Ads
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंसिर ९ गते) अन्तिम दिन रहेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंक र सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयर खरिद गरी कायम रहने लगानीकर्ताले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकको वार्षिक साधारण सभा मंसिर २३ गते बस्दैछ।

त्यस्तै, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सेयरधनीलाई कुल ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसमध्ये ५ प्रतिशत नियमित नगद लाभांश र ०.२६३ प्रतिशत कर प्रयोजनका लागि रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मंसिर ९ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीको १९औँ वार्षिक साधारण सभा मंसिर २३ गते बस्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स