Investor Meet Investor Meet

सक्कली स्वास्थ्य बीमा कार्ड नभए पनि उपचार पाइने, बोर्डले गर्यो यस्तो व्यवस्था

Advertisement Ads
सक्कली स्वास्थ्य बीमा कार्ड नभए पनि उपचार पाइने, बोर्डले गर्यो यस्तो व्यवस्था
Advertisement Ads

स्वास्थ्य बीमामा आबद्ध नागरिकले अब भौतिक परिचयपत्र नभए पनि डिजिटल कार्ड वा कार्डको स्पष्ट देखिने फोटोकपीका आधारमा स्वास्थ्य बीमाअन्तर्गतको सेवा लिन पाउने भएका छन्।

स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भौतिक परिचयपत्र नभएकै कारण बीमितलाई उपचार सेवाबाट वञ्चित नगर्न निर्देशन दिएको हो।

बोर्डले २०८३ मंसिर ९ गते जारी गरेको सूचनामा स्वास्थ्य बीमामा आबद्ध व्यक्तिले भौतिक परिचयपत्र, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने फोटोकपी पेस गरेमा सेवा उपलब्ध गराउन अनुरोध गरेको छ।

यसका लागि स्वास्थ्य संस्थाले कार्डमा उल्लेख भएको स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी सम्बन्धित व्यक्ति बीमित भए वा नभएको यकिन गर्नुपर्नेछ। त्यसपछि स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध हुने सेवा प्रवाह गर्न बोर्डले भनेको छ।

भौतिक स्वास्थ्य बीमा परिचयपत्र साथमा नभएको कारणले मात्र बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत प्राप्त हुने सेवाबाट वञ्चित नगर्न बोर्डले स्पष्ट पारेको छ।

Advertisement Ads

बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट तथा प्रवक्ता डा. पवन कुमार साहले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई उक्त व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स