रसुवा बाढीपीडितका लागि डब्ल्युएचओले पठाउँदैछ औषधि र आपतकालीन टेन्ट

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र १० गते
रसुवा बाढीपीडितका लागि डब्ल्युएचओले पठाउँदैछ औषधि र आपतकालीन टेन्ट
AdvertisementAds

 रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले आवश्यक औषधि, स्वास्थ्य उपकरण र आपतकालीन टेन्ट पठाउने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्युएचओले एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। साथै, २४ स्क्वायर मिटरका १५ वटा आपतकालीन टेन्ट पनि पठाइने भएको छ।

बाढी प्रभावितको उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको मन्त्रालयले जनाएको छ। हालसम्म तीन जना घाइतेलाई उद्धार गरी काठमाडौँ ल्याइसकिएको छ।

आपतकालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन काठमाडौँका संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको छ। नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग पनि आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स