निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरेको छ।
आयोगको मंगलबार बसेको बैठकले कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।
कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गरेको थियो। उक्त महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले पदाधिकारीमा परिवर्तन गरेमा निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आयोगले दल दर्ता किताबमा नयाँ पदाधिकारी र कार्यसमितिको विवरण अद्यावधिक गरेको हो।

प्रतिकृया