राष्ट्रिय युवा परिषद्ले विशेष प्राथमिकता प्राप्त युवाहरूका लागि लोकसेवा आयोगको शाखा अधिकृत र नायब सुब्बा पदको तयारी कक्षा सञ्चालन गर्ने भएको छ। परिषद्ले दुवै पदका लागि अनलाइन माध्यमबाट तयारी कक्षा सञ्चालन गर्न लागेको हो।
नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्को आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार यस्तो कक्षा सञ्चालन गर्न लागिएको हो।
कार्यक्रमअन्तर्गत शाखा अधिकृत पदको प्रथम पत्र र नायब सुब्बा पदको परीक्षाका लागि अनलाइन तयारी कक्षा सञ्चालन गरिनेछ।
इच्छुक युवाहरूले आवेदन दिनका लागि राष्ट्रिय युवा परिषद्ले उपलब्ध गराएको अनलाइन फाराम भर्न सक्नेछन्।
आवेदन दिने लिंक:
https://shramsansar.gov.np/loksewa-preparation
यसअघि Google Form सफलतापूर्वक भरिसकेका आवेदकहरूले पुनः फाराम भर्नुपर्ने छैन। उनीहरूको आवेदन प्रणालीमा सुरक्षित भइसकेको परिषद्ले जनाएको छ।

प्रतिकृया