ऊर्जामन्त्री श्रेष्ठले खुलाए पीपीएको बाटो, सरकारी कम्पनीका १ हजार मेगावाटका आयोजनासँग सम्झौता हुँदै

Advertisement Ads
ऊर्जामन्त्री श्रेष्ठले खुलाए पीपीएको बाटो, सरकारी कम्पनीका १ हजार मेगावाटका आयोजनासँग सम्झौता हुँदै
Advertisement Ads

नेपाल विद्युत् प्राधिकरणले सरकारी स्वामित्वका जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया अगाडि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि प्राधिकरणले करिब १ हजार मेगावाट क्षमताका सरकारी आयोजनासँग पीपीए गर्ने तयारी गरेको हो।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले सरकारी स्वामित्वका कम्पनीहरूसँग पीपीए गर्ने तयारी पूरा भएको जानकारी दिएका छन्। उनका अनुसार यसै हप्ताभित्र प्राधिकरण सञ्चालक समितिबाट यससम्बन्धी निर्णय हुनेछ।

पीपीए गर्न लागिएका आयोजनामा २१० मेगावाटको चैनपुर सेती, ७० मेगावाटको सिम्बुवा, ४३९ मेगावाटको बेतन कर्णाली र १२४ मेगावाटको जगदुल्ला ए आयोजना छन्। त्यस्तै, विद्युत् उत्पादन कम्पनीको ३० मेगावाटको सौर्य ऊर्जा आयोजना, ४५४ मेगावाटको किमाथांका र ७७ मेगावाटको चिलिमे सेती आयोजनासँग पनि पीपीए गर्ने तयारी छ।

पीपीए भएपछि सरकारी कम्पनीहरूले आयोजनामा लगानी, पूर्वाधार निर्माण र विद्युत् उत्पादनको कामलाई तीव्रता दिनेछन्। ती आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गर्नेछ।

सरकारी विद्युत् कम्पनीहरूमा राज्यको दायित्व बढ्दै गएको भन्दै मन्त्री श्रेष्ठले तत्काल पीपीए प्रक्रिया अगाडि बढाउन प्राधिकरणलाई निर्देशन दिएका थिए। उनले सरकारी कम्पनीसँगै निजी क्षेत्रका विद्युत् आयोजनाको पीपीए प्रक्रिया पनि अगाडि बढाउन निर्देशन दिइसकेका छन्। मन्त्री श्रेष्ठको निर्देशनपछि प्राधिकरणले चरणबद्ध रूपमा पीपीए गर्ने तयारी गरेको हो।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स