नेपाल बैंकले सुरु गर्यो फोनलोन, मोबाइलबाटै २ लाखसम्म बिना धितो कर्जा पाइने

Advertisement Ads
नेपाल बैंकले सुरु गर्यो फोनलोन, मोबाइलबाटै २ लाखसम्म बिना धितो कर्जा पाइने
Advertisement Ads

नेपाल बैंक लिमिटेडले मोबाइल बैंकिङ एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने ‘एनबीएल फोनलोन’ सेवा सुरु गरेको छ।

बैंकले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा एनबीएल बैंकस्मार्ट एक्सपी एपमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो। फोनलोन प्रालिद्वारा सञ्चालित यस सेवाबाट योग्य ग्राहकले कुनै कागजी प्रक्रिया पूरा नगरी वा बैंकको शाखा नपुगी कर्जा लिन सक्नेछन्।

कर्जाको सीमा र योग्यता ग्राहकको तलब जम्मा हुने नियमितता, हालसालैका कर्जा दायित्व तथा कर्जा चुक्ता गर्ने व्यवहारका आधारमा निर्धारण हुनेछ।

ग्राहकले कर्जा एक महिनाभित्र वा १२ महिनासम्म किस्ताबन्दीमा चुक्ता गर्न सक्नेछन्। समयअगावै कर्जा चुक्ता गर्ने सुविधा पनि उपलब्ध छ।

बैंकका रिटेल क्रेडिट विभागका प्रमुख प्रबन्धक अर्जुनबहादुर कँडेलले ग्राहकलाई सुरक्षित, सहज र पूर्ण डिजिटल कर्जा सुविधा उपलब्ध गराउनु बैंकको उद्देश्य रहेको बताए।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स