मंसिर १४ गतेदेखि आईपीओ निष्काशन गर्दै आशुतोष इनर्जी, क-कसले भर्न पाउने ?

Advertisement Ads
मंसिर १४ गतेदेखि आईपीओ निष्काशन गर्दै आशुतोष इनर्जी, क-कसले भर्न पाउने ?
Advertisement Ads

आशुतोष इनर्जी लिमिटेडले मंसिर १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा ६ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गर्न लागेको हो।

स्थानीय बासिन्दाका लागि छुट्याइएको ६ लाख कित्तामध्ये ३ लाख कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ। यसमा लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिका वडा नं. १ र २ तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नं. २ र ३ का स्थानीय बासिन्दा समेटिएका छन्।

बाँकी ३ लाख कित्ता भने अति प्रभावित क्षेत्रबाहेक दुधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र अजिरकोट गाउँपालिकाका स्थायी बासिन्दालाई बाँडफाँट गरिनेछ।

त्यस्तै, ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गर्न लागिएको हो। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन्।

Advertisement Ads

कति कित्ताका लागि आवेदन दिन पाइन्छ?

दुवै समूहका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले मंसिर २८ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १४ गतेसम्म थपिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन दिने अन्तिम मिति मंसिर १७ गते तोकिएको छ। उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा मंसिर २८ गतेसम्म आवेदन दिन सकिनेछ।

कस्तो छ कम्पनीको रेटिङ?

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ ट्रिपल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

कहाँबाट दिने आवेदन?

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका अतिरिक्त आयोजना कार्यालय, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, हिमालयन बैंकको गौडा शाखा, राष्ट्रिय वाणिज्य बैंकको भच्चेक शाखा र एनएमबि बैंकको बेसीशहर शाखाबाट पनि आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालय वा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स