लाभांश र हकप्रद प्रस्ताव पारित गर्न सिक्लेस हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Advertisement Ads
लाभांश र हकप्रद प्रस्ताव पारित गर्न सिक्लेस हाइड्रोपावरले बोलायो साधारण सभा,  बुक क्लोज कहिले ?
Advertisement Ads

सिक्लेस हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १२.७०६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले बोनस सेयर वितरणपछि १:०.७७४५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत गरेको छ।

कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्तावसहित २२औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा मंसिर २७ गते आइतबार बिहान ११ बजे पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बस्नेछ।

कम्पनीले आर्थिक वर्ष २०८२/०८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२.७०६ प्रतिशतका दरले १२ करोड ४२ लाख १ हजार २७७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव विद्युत् नियमन आयोग (ERC) बाट समेत स्वीकृत प्राप्त गरी साधारण सभामा पेस गर्न लागिएको हो।

त्यस्तै, कम्पनीले २०८२ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ०.६६९ प्रतिशतका दरले ६५ लाख २६ हजार ९०९ रुपैयाँ २२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो रकम बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको हो।

बोनसपछि १:०.७७४५ अनुपातमा हकप्रद सेयर

Advertisement Ads

कम्पनीले प्रस्तावित बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको १:०.७७४५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि साधारण सभामा लैजाने भएको छ।

विद्युत् नियमन आयोगको स्वीकृतिबमोजिम कम्पनीले ८५ करोड ३२ लाख ९८ हजार ७२३ रुपैयाँ ९७ पैसा बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो। हकप्रद सेयर जारी गरेर प्राप्त हुने रकमको उपयोगसम्बन्धी प्रस्तावसमेत सभामा छलफल हुनेछ।

यसका अतिरिक्त सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने तथा आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेस हुनेछ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि विशेष प्रस्तावअन्तर्गत रहेको छ।

मंसिर १८ गते बुक क्लोज

कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसैले मंसिर १७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई प्रचलित कानुनबमोजिम सेयर नामसारी भएर कायम भएका सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स