SHAREHUB SHAREHUB

अझै यी ८ कम्पनीको सेयर किन्दा पाइन्छ लाभांश, कुनको बुक क्लोज कहिले?

Advertisement Ads
अझै यी ८ कम्पनीको सेयर किन्दा पाइन्छ लाभांश, कुनको बुक क्लोज कहिले?
Advertisement Ads

आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हालसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये ८ कम्पनीको सेयर किन्नेले अझै सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउनेछन्। यीमध्ये केही कम्पनीले बुक क्लोज मिति तय गरिसकेका छन् भने केहीले अझै बुक क्लोज मिति सार्वजनिक गरेका छैनन्।

माउन्टेन इनर्जी नेपालले २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको बुक क्लोज मिति कात्तिक १० गते तोकिएको छ।

त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद लाभांश गरी कुल १८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले बुक क्लोज मिति भने तय गरेको छैन।

मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको बुक क्लोज मिति भने तय हुन बाँकी छ।

सिक्लेस हाइड्रोपावरले १२.७१ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश गरी कुल १३.३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको बुक क्लोज मिति तय हुन बाँकी छ।

Advertisement Ads

त्यस्तै, युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर ०.२६ नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको बुक क्लोज मिति सार्वजनिक भएको छैन।

बिन्ध्यवासिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको बुक क्लोज मिति कात्तिक १० गते तोकिएको छ।

बरुण हाइड्रोपावरले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्नेछ।

मञ्जुश्री फाइनान्स लिमिटेडले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले बुक क्लोज कात्तिक ११ गते गर्ने भएको छ ।

लाभांश पाउन लगानीकर्ता कम्पनीले तोकेको बुक क्लोज मितिसम्म सेयरधनी कायम भएको हुनुपर्छ। सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश सम्बन्धित निकाय र साधारणसभाबाट स्वीकृत भएपछि मात्रै वितरण हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स