काठमाडौंका २ ब्रान्च मर्ज गरेर तेस्रो ठाउँमा शाखा खोल्दै नबिल बैंक

काठमाडौंका २ ब्रान्च मर्ज गरेर तेस्रो ठाउँमा शाखा खोल्दै नबिल बैंक
Advertisement Ads

नबिल बैंक लिमिटेडले काठमाडौंका भाटभटेनी र मालीगाउँ शाखा समायोजन तथा स्थानान्तरण गर्ने भएको छ। बैंकका अनुसार २०८३ कात्तिक ९ गते (२६ अक्टोबर २०२६) देखि यी शाखामा रहेका ग्राहकका खाता तथा लकर विशालनगर शाखाबाट सञ्चालन हुनेछन्।

बैंकले जारी गरेको सूचनाअनुसार भाटभटेनी शाखा काठमाडौं महानगरपालिका–४ मा भाटभटेनी मन्दिरबाट करिब १०० मिटर अगाडि, चिनियाँ दूतावासतर्फ रहेको स्थानबाट समायोजन हुनेछ। उक्त शाखाका ग्राहकले अब काठमाडौं महानगरपालिका–५, विशालनगरस्थित रेल विभागसँगै रहेको विशालनगर शाखाबाट सेवा लिन सक्नेछन्।

त्यस्तै, मालीगाउँ शाखा हाडिगाउँ जाने बाटोमा रिफ्रेस मार्ट रहेको भवनबाट स्थानान्तरण हुनेछ। हालको स्थानबाट करिब १.५ किलोमिटर दूरीमा रहेको विशालनगर शाखाबाट मालीगाउँ शाखाका ग्राहकका खाता तथा लकरसम्बन्धी सेवा सञ्चालन हुने बैंकले जनाएको छ।

बैंकले भाटभटेनी र मालीगाउँ शाखामा लकर सुविधा लिएका ग्राहकलाई लकरमा फुट्न वा टुटफुट हुन सक्ने सामान राखिएको भए स्थानान्तरणअघि नै निकाल्न आग्रह गरेको छ। त्यस्ता सामान २०८३ असोज २९ गते बिहीबारसम्म साबिकको शाखामा पुगेर बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म निकाल्नुपर्नेछ।

तोकिएको समयभित्र सामान ननिकालेमा लकर स्थानान्तरणका क्रममा सामानमा क्षति पुगे बैंक जिम्मेवार नहुने सूचनामा उल्लेख छ।

Advertisement Ads

थप जानकारीका लागि ग्राहकले भाटभटेनी शाखामा ०१-४५४६३९७ वा ०१-४५४६३९८ तथा मालीगाउँ शाखामा ०१-४५४४९२४ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

5096472 https://bajarkochirfar.com/nabil-bank-to-merge-2-branches-in-kathmandu-and-open-a-third-branch | %tags
Photo: Financial Notice

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स