Investor Meet Investor Meet

कुन बैंकले कति लाभांश दिँदैछन् ? कसको बुक क्लोज भयो, कसको बाँकी छ ?

Advertisement Ads
कुन बैंकले कति लाभांश दिँदैछन् ? कसको बुक क्लोज भयो, कसको बाँकी छ ?
Advertisement Ads

आर्थिक वर्ष २०८२/८३ मा नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये  हालसम्म १२ वटाले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। लाभांश घोषणा गरेका बैंकमध्ये सिद्धार्थ बैंकले सबैभन्दा धेरै २० प्रतिशत र कुमारी बैंकले सबैभन्दा कम २.१०५३ प्रतिशत लाभांश दिने भएका छन्।

घोषणा गरिएका लाभांशमध्ये केही बैंकले बोनस सेयर र नगद लाभांश दुवै दिने प्रस्ताव गरेका छन् भने केहीले नगद लाभांश मात्रै वितरण गर्ने भएका छन्।

सिद्धार्थ बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने भएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

त्यस्तै, नबिल बैंकले ५ प्रतिशत बोनस र १०.८० प्रतिशत नगद गरी १५.८० प्रतिशत तथा एभरेष्ट बैंकले ५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश दिने भएका छन्।

सानिमा बैंकले १० प्रतिशत र एनएमबी बैंकले ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन्। ग्लोबल आइएमई बैंकले ४ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिने भएको छ।

Advertisement Ads

नेपाल एसबिआई बैंकले ३.४० प्रतिशत बोनस र ४.८५ प्रतिशत नगद गरी ८.२५ प्रतिशत तथा माछापुच्छ्रे बैंकले ३ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी ६ प्रतिशत लाभांश दिने भएका छन्।

त्यसैगरी, लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद गरी ५.२६ प्रतिशत तथा सिटिजन्स बैंकले ३.८ प्रतिशत बोनस र ०.२ प्रतिशत नगद गरी कुल ४ प्रतिशत लाभांश दिने घोषणा गरेका छन्। कुमारी बैंकले भने २.१०५३ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने भएको छ।

लाभांश घोषणा गरेका १२ बैंकमध्ये ११ वटाको बुक क्लोज मिति बितिसकेको छ। अब नेपाल एसबिआई बैंकको मंसिर १७ गते बुक क्लोज हुन बाँकी छ।

लाभांश घोषणा गरेका १२ वाणिज्य बैंक, कुनको कहिले बुक क्लोज ?

बैंक Symbol बोनस सेयर नगद लाभांश कुल लाभांश बुक क्लोज
सिद्धार्थ बैंक SBL १०% १०% २०% असोज १६
स्ट्यान्डर्ड चार्टर्ड बैंक SCB — १६% १६% मंसिर १०
नबिल बैंक NABIL ५% १०.८०% १५.८०% असोज १४
एभरेष्ट बैंक EBL ५% १०% १५% असोज १
सानिमा बैंक SANIMA — १०% १०% असोज १
ग्लोबल आइएमई बैंक GBIME ४% ६% १०% असोज ५
नेपाल एसबिआई बैंक SBI ३.४०% ४.८५% ८.२५% मंसिर १७
एनएमबी बैंक NMB — ७% ७% मंसिर ११
माछापुच्छ्रे बैंक MBL ३% ३% ६% असोज १२
लक्ष्मी सनराइज बैंक LSL ५% ०.२६% ५.२६% मंसिर १४
सिटिजन्स बैंक CZBIL ३.८% ०.२% ४% असोज १९
कुमारी बैंक KBL — २.१०५३% २.१०५३% असोज १९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स