लाभांश पारित गर्न दुई वाणिज्य बैंकको साधारणसभा असोज २८ गते बस्दै, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न दुई वाणिज्य बैंकको साधारणसभा असोज २८ गते बस्दै, बुक क्लोज कहिले ?
Advertisement Ads

कुमारी बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएका छन्। दुवै बैंकको साधारण सभा असोज २८ गते बुधबार हुने भएको छ।

कुमारी बैंकले असोज २८ गते सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्स, सुवर्ण सम्शेर सडक, काठमाडौंमा २६औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको २.०१५६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेस हुनेछन्। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ। यसअनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलले असोज २८ गते अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा २०औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको ३.८ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेस हुनेछन्। सिटिजन्स बैंकले पनि साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ। यसअनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा सहभागी हुन तथा बैंकको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स