बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओको बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओको बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?
Advertisement Ads

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को आज बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान आईपीओको बाँडफाँड सम्पन्न गरेको हो।

कम्पनीले भदौ २२ गतेदेखि भदौ २६ गतेसम्म सर्वसाधारणका लागि कुल ८ लाख ६३ हजार २०० कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।

आईपीओको रिजल्ट हेर्नको लागि iporesult.cdsc.com.np मा जानुहोस्। त्यसपछि ‘Select Company’ मा गएर Beni Hydropower Project Limited छान्नुहोस्। त्यसपछि आफ्नो १६ अंकको BOID नम्बर enter गरेर तपाईंले आईपीओको रिजल्ट हेर्न सक्नुहुन्छ।

WhatsApp Image 2026 09 21 at 08.59.19 e1789960575433 https://bajarkochirfar.com/the-allocation-of-the-beni-hydropower-project-ipo-has-been-completed-how-to-view-the-results | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स