भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा बढ्यो कि बढेन ?

Advertisement Ads
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा बढ्यो कि बढेन ?
Advertisement Ads

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्काल नबढाउने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि चाडपर्व र आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले पुरानै मूल्यलाई निरन्तरता दिएको हो।

निगमले कात्तिक ३० गते सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कात्तिक २९ गते आईओसीबाट नयाँ खरिद मूल्य प्राप्त भएको जानकारी दिएको छ।

निगमका अनुसार पछिल्ला केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको छ। यसले गर्दा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसकिएको निगमले स्पष्ट पारेको छ।

निगमले कायम राखेको मूल्यअनुसार पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम छ। यी क्षेत्रमा डिजेल तथा मट्टितेलको मूल्य पनि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा नै रहेको छ।

त्यस्तै, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ कायम गरिएको छ।

Advertisement Ads

तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा भने पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ यथावत् राखिएको छ।

पेट्रोलियम पदार्थको मूल्य नबढाई पुरानै दर कायम राख्दा निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने विज्ञप्तिमा उल्लेख छ।

639304938239405027 https://bajarkochirfar.com/the-price-of-petroleum-products-has-increased-from-india-will-it-increase-or-not-in-nepal | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स